Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बन्द भएको चार वर्षपछि मुस्ताङ–तिब्बत कोरला नाका खुल्यो

पोखरा । उत्तरी मुस्ताङको कोरला नाका सञ्चालनमा आएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको कारणले २०७६ सालदेखि बन्द अवस्थामा रहेको मुस्ताङ–तिब्बत कोरला नाका आजदेखि पुनः सुचारु भएको हो ।

सोमबार विशेष कार्यक्रमका बिच चीनले निर्माण गरेका भौतिक संरचनाको उद्घाटनसहित नाका खुला भएकोऔपचारिक घोषणा गरिएको छ ।

नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली र चीनका तर्फबाट सिगात्सेका मेयर तथा पार्टीका सहसचिव वाङफङ होङले संयुक्त रूपमा नाका सञ्चालनको घोषणा गरे ।

नेपालबाट गण्डकीका पर्यटन मन्त्री दीपेन्द्रबहादुर थापा, प्रदेश सांसद नम्डु गुरुङ, पोखराका मेयर धनराज आचार्य लगायतको टोली सहभागी थियो ।

सोही अवसरमा चीन सरकारले उत्तरी मुस्ताङका दुई पालिका र डोल्पाको एउटा पालिकालाई राहत सामग्री सहयोग हस्तान्तरण गरेको छ । लोमान्थाङ र लो घेकर तथा डोल्पाको शे फोक्सुन्डो गाउँपालिकालाई १/१ ट्याक्टर सामान सहयोग गरेको हो ।

उत्तरी मुस्ताङका दुई पालिकाका लागि ३ हजार ५ सय प्याकेट चिया, २० किलोको ७ सय बोरा नुन, २ हजार ३ सय प्याकेट घ्यु, १ हजार ५ सय पिस कम्बल र १ हजार ६ सय पिस सिरक सहयोग गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077