Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दूरसञ्चार प्राधिकरणले भन्यो - टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

प्राधिकरणको निर्देशनरआदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले टिकटकबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसके पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा अझै चलिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077