Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका १०, तखेल चोकमा मंगलबार साँझ ६ बजेर ४० मिनेट जाँदा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा करिब २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी छन्।

प्रहरीका अनुसार दुवै सिन्धुलीको मरिन गाउँपालिकाका हुन्। उनीहरूलाई उपचार निम्ति पाटन अस्पताल लगिएकोमा त्यहीँ निधन भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077