Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चारदेशीय महिला टी-२० क्रिकेटमा नेपाल तान्जनियासँग पराजित

काठमाडौं । हङकङमा जारी चारदेशीय महिला टी-२० आई क्रिकेटमा नेपाल तान्जानियासित २७ रनले पराजित भएको छ ।

जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ‌ओभरमा ८८ रनमा अल आउट भएको हो।नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन् ।

एक सय १६ रनको लक्ष्य पछ्याउँदै नेपाल गरेको सबै विकेट गुमाएर ८८ रन मात्रै बनायो । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जिनियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

२० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै तान्जिनियाले ११५ रन बनाउँदा नेपालले पुरै ओभर खेल्न नपाउँदै सबै विकेट गुमाएको थियो ।जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन्।

नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ। शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077