Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुली कारागारमा एक कैदीबन्दीको मृत्यु

सिन्धुली । सिन्धुलीको सिन्धुलीमाडीस्थित जिल्ला कारागारमा एक कैदी बन्दीको मृत्यु भएको छ ।

दुधौंली नगरपालिका– १० निवासी ज्ञानबहादुर मगरका २७ वर्षीय छोरा विमल मगरको बुधबार राती सिन्धुली कारागारमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार तिहारमा कारगारमा रहेका कैदी बन्दीहरुसंग बेलुकी देउसी खेलेर सुतेका उनी एक्कासी बिरामी भएर सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मगरको मृत्युबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077