Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हङकङविरूद्धको खेलमा पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । महिला टी-२० आई सिरिजमा आज हङकङविरूद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

हङकङमा हुने खेलमा घरेलु टोली हङकङलाई नेपालकी कप्तान इन्दु वर्माले बलिङको निम्तो दिएकी हुन्।

चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा दोस्रो खेल आज बिहान ११ :४५ बाट सुरु भएको छ । हङकङले आयोजना गरेको सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् ।

बुधबार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु टोली हङकङलाई हराएर अगाडि बढ्ने लक्ष्य राखेको छ।

आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१ औँ, हङकङ २२औँ, ५१ औँ स्थानमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार जापानसँग खेल्ने तालिका छ। शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077