Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ राष्ट्रपति सी भन्छन् - अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् ।

एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनका क्रममा एक रात्रिभोजमा उनले यस्तो बताएका हुन् । पछिल्लो समय चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको छ ।

‘यदि एउटा देशले अर्को देशलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भूराजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउने छ’, उनले भने ।

राष्ट्रपति सीको यो टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग उहाँको बहुप्रतीक्षित वार्ताको केही घन्टापछि आएको हो । झन्डै एक वर्षपछि पहिलोपटक भएको भेटमा उनीहरूले दुई देशबीचको तनावलाई कम गर्ने वाचा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077