Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिना पराजित

    विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिना पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिना पराजित भएका छन् ।

    नेपाली समयअनुसार शुक्रबार विहान सकिएका खेलमा अर्जेन्टिनालाई उरुग्वे तथा ब्राजिललाई कोलम्बियाले पराजित गरेका हुन् ।



    घरेलु मैदानमा हार बेहोरेको अर्जेन्टिनामाथि उरुग्वेले दुवै हाफमा एक एक गोल गर्दै २-० गोलको जित निकाल्यो । उरुग्वेका लागि रोनाल्ड अराउजोले ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरे ।



    यता ब्राजिललाई कोलम्बियाले २-१ गोलले हरायो। घरेलु मैदानमा जित निकाल्ने क्रममा कोलम्बियाका लुइस डियाजले दुई गोल गरे ।

    त्यसअघि ब्राजिलका मार्टिनेलीले चौथो मिनेटमा गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । छनोटमा हारपछि पनि अर्जेन्टिना शीर्ष स्थानमै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार