Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ट्रकको ठक्करबाट अस्ताइन् 'कटी दिदी'

कैलाली । कैलालीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ट्रकले ठक्कर दिँदा डोटी शिखर नगरपालिका–२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० नम्बरको ट्रकले उनलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी डोटीमा कटी दिदीको नामले परिचित थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077