Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनद्धारा समुद्री उपग्रह प्रक्षेपण

एजेन्सी । चीनले नयाँ पुस्ताको समुन्द्री उपग्रह प्रक्षेपण गरेको छ ।

चीनले नयाँ पुस्ताको महासागर रङ अनुगमन उपग्रह अन्तरिक्षमा पठाएको हो । जसले समुन्द्री पानीको सुधार गर्न मद्दत गर्दछ ।

यो विश्वको पहिलो उच्च परिशुद्धता महासागर रंग अवलोकन उपग्रह हो । जसले विश्वभरका विभिन्न जल निकायहरूलाई लक्षित गर्दछ ।

यसले पानीको रंग, पानीको तापक्रम, समुन्द्री बरफ, निलम्वित पदार्थ र पानीको पारिस्थितिको बारेमा अनुसन्धान गर्नेछ ।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनअन्तर्गत पृथ्वी अवलोकन र डाटा केन्द्रले उपग्रहले चीनको मुख्य समुन्द्री मार्गहरूको लागि रिमोट सेन्सिङ सेवाहरू प्रदान गर्ने जनाएको छ ।

साथै माछा पालन स्रोतहरूको उपयोग र समुन्द्री प्रदूषण अनुगमनलाई बढावा दिनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077