Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुलुकको अवस्था र व्यवस्था सुधार्न सबै राजनीतिक दल मिल्नुपर्छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा जस्तै संघीय सरकारमा पनि सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले मुलुकको अवस्था र व्यवस्था सुधार्न सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।

लोकतन्त्रमा विरोधको स्वरलाई दबाउन नहुने जिकिर गर्दै विरोधमा उठेका आवाजहरूलाई सम्बोधन गर्दै समस्यालाई पहिचान गरेर समाधान गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077