Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छठ पर्व : अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

काठमाडौं । छठ पर्वका तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टिमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने चलन छ ।

छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व हो । तराई मधेसका जिल्लाहरुमा खोला, नदी, तलाउ, पोखरीमा विशेष सजिसजाउ गरी धूमधामका साथ पूजा आराधना भइरहेको छ ।

व्रतालु पुरुष तथा महिलाहरूले खोला किनारमा पूजा गरी अस्ताउँदै गरेको सूर्यलाई आइतबार अर्घ दिएका छन् ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077