Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इण्डोनेसियाको अस्पतालमा आफ्नै सेनाको आक्रमण

एजेन्सी । गाजास्थित इण्डोनेसियाली अस्पतालमा आफ्नै सेनाले आक्रमण गरेको छ ।

यसअघि त्यहाँको सबैभन्दा ठूलो अस्पताल अल–शिफा अस्पतालमा कारबाही चलाएको इजरायली सेनाले इण्डोनेसियाली अस्पताल बाहिर लडाकु जहाजबाट बम वर्षा गरेको हो ।

युद्धका घाइतेलाई भर्ना गरिएको इण्डोनेसियाली अस्पतालमा पनि हमास लडाकु लुकेको भन्दै सेनाले आक्रमण गरेको हो। यता अल–शिफा अस्पतालमा अब घाइते मात्रै बाँकी रहेको जनाइएको छ ।

यो अस्पतालबाट हिजो ३२ नवजात शिशुसहित स्वास्थ्यकर्मीलाई बाहिर निकालिएको थियो। साढे २००भन्दा बढी घाइते निस्किन नसकेर अस्पतालमै रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077