Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा बसेको छ।

बैठक सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बिहान देखि जारी रहेको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, महासमिति बैठक तयारी, भूकम्पपीडितका समस्यालगायत विभिन्न विषयमा छलफल हुनेछ ।

कांग्रेसले पुस १६ गतेदेखि गोदावरीमा महासमिति बैठक गर्ने तयारी गरेको छ। बाँकी रहेका जिल्लाहरूमा महासमिति सदस्य चयनका लागि अधिवेशन पनि भइरहेका छन्।

बैठकमा सभापति देउवा, उपसभापतिहरू, महामन्त्रीहरू र सहमहामन्त्रीहरू सहभागी छन्।

कांग्रेसमा १४ जना पदाधिकारी रहने व्यवस्था भए पनि सभापति देउवाले अझै कोषाध्यक्ष मनोनीत गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077