Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा जारी

    कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा जारी

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 966
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा बसेको छ।

    बैठक सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बिहान देखि जारी रहेको छ ।



    बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, महासमिति बैठक तयारी, भूकम्पपीडितका समस्यालगायत विभिन्न विषयमा छलफल हुनेछ ।

    कांग्रेसले पुस १६ गतेदेखि गोदावरीमा महासमिति बैठक गर्ने तयारी गरेको छ। बाँकी रहेका जिल्लाहरूमा महासमिति सदस्य चयनका लागि अधिवेशन पनि भइरहेका छन्।

    बैठकमा सभापति देउवा, उपसभापतिहरू, महामन्त्रीहरू र सहमहामन्त्रीहरू सहभागी छन्।

    कांग्रेसमा १४ जना पदाधिकारी रहने व्यवस्था भए पनि सभापति देउवाले अझै कोषाध्यक्ष मनोनीत गरेका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार