Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेत र दुर्गा प्रसाईंसँग छलफल गर्दै काठमाडौं प्रशासन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेका नेता महेश बस्नेत पक्ष र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलका लागि बोलाएको छ।

एकै ठाउँमा कार्यक्रम गर्ने तयारीमा रहेका प्रसाईं र बस्नेतलाई प्रशासनले अपराह्न ४ बजे छलफल गर्न बोलाएको हो।

बस्नेत इन्चार्ज रहेको एमालेको भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी प्रसाईं पक्षले मंसिर ७ गते काठमाडौंमा कार्यक्रम गर्न लागेका छन्।

पछिल्लो समय बस्नेत र प्रसाईंबीच विभिन्न विषयलाई लिएर आरोप-प्रत्यारोप चलिरहेको छ। प्रशासनले दुवै पक्षसँग छलफल गरी कार्यक्रम गर्ने स्थानसमेत तोक्ने तयारी गरेको छ।

दुवै पक्षले माइतीघर मण्डला क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरेका थिए। युवा संघले सरकार र अराजकतावादीविरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शन कार्यक्रम माइतीघर मण्डलमा राखेको छ।

यस्तै प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै कार्यक्रम गर्न लागेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077