Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियरसहितको टोली पठाउने कांग्रेसको निर्णय

    भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियरसहितको टोली पठाउने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 939
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदान गर्ने भएको छ।

    सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान बसेको बैठकले एक हजार घर बनाउन श्रमदान गर्ने निर्णय गरेको हो ।



    कांग्रेसले टहरा बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिम पठाउनेछ ।



    त्यसका लागि केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा पहिलो टोली सोमबार नै भूकम्प प्रभावित क्षेत्रमा गएको छ ।

    पदाधिकारी बैठकको सुरुमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कार्यको ब्रिफिङ गरेका थिए ।

    महामन्त्रीको संयोजकत्वमा बनेको समितिले गरेका कामको महामन्त्री गगन थापाले जानकारी गराएका थिए ।

    चिसोले गर्दा भूकम्पपीडित समस्यामा परेको भन्दै कांग्रेसले टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो। साथै टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ।

    सुत्केरी र वृद्धवृद्धा रहेका परिवारलाई बस्नका लागि टहरा निर्माण कार्य प्राथमिकतामा राखिएको छ। कांग्रेसले भूकम्पपीडितलाई सहयोगका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ पनि सहयोग गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार