Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कानुनमार्फत् नै सडक आश्रित मानवको व्यवस्थापन गरिने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेले सहयोगापेक्षी सडक आश्रित मानवको व्यवस्थापनका लागि छुट्टै कानुन बनाउने बताएका छन् ।

मानव सेवा आश्रमले सोमबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले संघीय संसद्को आगामी अधिवेशनमा यसबारे विद्येयक प्रस्तुत गर्ने बताए । उनले कानुनमार्फत् नै सडक आश्रित मानवको व्यवस्थापन गरिने घोषणा गरे ।

त्यसका लागि तीनै तहका सरकारका बजेट र कार्यक्रममा सडक आश्रित मानव व्यवस्थापनका योजना समेटिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077