Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित तीनजना पक्राउ

पोखरा । पोखरामा लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो र कास्की प्रहरीबाट खटिएको टोलीले आलुमाइला चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर घर भइ पोखरा ५ मासबार बस्ने २३ वर्षका जीवन विक, अर्घाखाँची घर भई पोखरा ८ सितलमार्ग बस्ने २५ वर्षका प्रविण पौडेल र पोखरा ९ संगममार्ग बस्ने २३ वर्षका कुशल विक्रम खाँण छन् ।

जीवनलाई शंकास्पद अवस्थामा भेटेपछि चेकजाँच गर्ने क्रममा नाइट्रोभ्याट लेखिएको लागु औषध ५ चक्की फेला परेको थियो । सोही आधारमा सोधपुछ गर्दा अरु दुईजना पक्राउ परेका हुन् ।

प्रविणको साथबाट ५ सय ७ चक्की नाइट्रोभ्याट र कुशलको साथबाट पनि ३ सय चक्की नाइट्रोभ्याट बरामद भएको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध मुद्दामा १० दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077