Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

अर्जेन्टिनाको नयाँ राष्ट्रपतिमा माइली निर्वाचित

एजेन्सी । अर्जेन्टिनाको नयाँ राष्ट्रपतिमा ५३ वर्षीय जाभियर माइली निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनबाट माइलीले ५६ प्रतिशत मत आफ्नो पक्षमा पारेका हुन्।

वर्तमान वामपन्थी सरकारका अर्थमन्त्री समेत रहेका राष्ट्रपतिका अर्का प्रतिस्पर्धी सर्जियो मासाले करिब ४४ प्रतिशत मात्रै हासिल गरे।

आइतबार भएको निर्वाचनमा करिब ७६.३९ प्रतिशत मतदाताले मतदान गरेका थिए। प्रतिस्पर्धी मासाले हार स्वीकार गरिसकेका छन्।

उनले माइलीलाई जितका लागि बधाई समेत दिएका छन्। तीव्र आर्थिक संकट बेहोरिरहेको अर्जिन्टिनाले कट्टर दक्षिणपन्थी माइलीलाई नयाँ राष्ट्रपति निर्वाचित गरेको हो।

वार्षिक मुद्रास्फीति १४३ प्रतिशतसम्म बढेको छ भने ४० प्रतिशत अर्जेन्टिनी गरिबीको रेखा मुनि छन्। माइलीले आफ्नो चुनावी अभियानमा ‘अर्जेन्टिनालाई फेरि महान बनाउने’ नारा जोडतोडका साथ उठाएका थिए।

चुनाव अगाडि माइलीले आर्थिक व्यवस्थामा व्यापक सुधारको वाचा गरेका थिए। उनले संस्कृति, महिला, स्वास्थ्य, शिक्षालगायत मन्त्रालय बन्द गरेर कल्याणकारी भत्ता कटौती गर्ने र कर्मचारीतन्त्र कटौती गर्ने अजेन्डा पनि अगाडि सारेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077