Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भित्री बस्त्रमा राखेर २७२ ग्राम सुन तस्करी, विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय ७२ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्धका ३९ वर्षीया रामसुन्दर श्रेष्ठ छन्। उनलाई सोमबार राती पक्राउ गरिएको हो।

उनले ५४.९७ ग्रामको तीनवटा बेरुवा औँठी र भित्रि बस्त्रमा २१७.४ ग्राम सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई भन्सार विभागको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077