Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साइबर ब्यूरोले भन्यो - भीपीएन र डीएनएस प्रयोग गरी टिकटक नचलाउनू

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले भीपीएन र डीएनएस प्रयोगले आर्थिक दुरुपयोगका घटनामा बढिरहेको जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै साइबर ब्यूरोले भिपिएन र डिएनएस असुरक्षित र अवैध भएको जनाएको हो।

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै असुरक्षित तथा अवैध माध्यमबाट सो एप सञ्चालन भइरहेको जानकारी प्राप्त भएको ब्यूरोले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘पूर्ण रूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक, भिपिएन र डिएनएसजस्‍ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा छ भन्ने सूचना प्राप्त हुन आएको छ।महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको पहुँच पुर्‍याएर चोरी भई आर्थिक दुरूपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले बढिरहेको पाइएको छ ।’

यसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा पहुँच पुर्‍याएर आर्थिक दुरूपयोग समेत हुनसक्ने ब्युरोले जनाएको छ। यसको प्रयोगले कति जनाको आर्थिक दुरूपयोग वा डाटा चोरी भएको भन्नेबारे ब्‍युरोले विज्ञप्तिमा खुलाएको छैन।

गैरकानुनी कुरा संप्रेषण गर्ने, चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने ब्यूरोले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077