Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

छोराको कुटपिटबाट सौतेनी आमाको मृत्यु

मकवानपुर । मकवानपुरमा घरायसी बिवादमा सौतेनी छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।

जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर–५ डिल्लिपुरमा डिल बहादुर चेपाङकी कान्छी श्रीमती ५० बर्षिय सन्तमाया चेपाङलाई सौतेनी छोराले कुटपिट गर्दा उपचारका क्रममा मृत्यु भएको हो ।

डिल बहादुरको जेठी श्रीमतीका छोरा २६ बर्षिय ईन्द्र बहादुर चेपाङले कुटपिट गरी गम्भीर घाइते भई उपचारको लागि चितवन सरकारी अस्पताल भरतपुरमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कुटपिटमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077