Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंविरूद्ध प्रहरीमा उजुरी, राष्ट्रिय गानको अपमान गरेको आरोप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध उजुरी परेको छ ।

पुरानो राष्ट्रिय गान बजाएको भन्दै प्रसाईंविरूद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले उजुरी दिएको हो ।

गत कात्तिक २८ गते जनकपुरधामस्थित हिन्दु सम्राट सेनाले आयोजना गरेको कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै प्रसाईंविरूद्ध उजुरी परेको हो ।

युवा संघ धनुषा अध्यक्ष रोषणकुमार यादवले प्रसाईंविरूद्ध प्रहरीमा उजुरी दिएका हुन् ।

कुनै व्यक्तिलाई संविधान र कानून प्रतिकूल हुने काम गर्न छुट नरहेको भन्दै यादवले प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना माग गर्दै उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077