Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाली कांग्रेसले तयार गर्‍यो श्रमदान निर्देशिका, एक हजार अस्थायी आवास बनाउने

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित जिल्लामा एक हजार अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गर्ने भएको छ ।

पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका स्वयंसेवी युवाको परिचालन गरी दुई हप्ताभित्र एक हजार अस्थायी आवास निर्माण गर्ने निर्णय गरेको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्री गगन थापाको नेतृत्वमा बसेको पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले १० जनाका दरले २६ समूह परिचालन गरी दुई हप्ताभित्र एक हजार अस्थायी टहरा निर्माण गरी भूकम्प पीडितलाई छानामुनी बास बसाउने निर्णय गरेको हो ।

त्यसका लागि कांग्रेसले एकजना निर्माण विज्ञ र दुईजना मिस्त्रीसहित १० जनाका दरले एकपटकमा १३ समूह परिचालन गर्ने निर्णय गरेको छ ।

यस्तो छ कांग्रेसको स्वयंसेवी आचासंहिता

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077