Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुर्गा प्रसाईँप्रति संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले भने - ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैंक तथा वित्तीय संस्थाहरूबाट लिइएको ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने बताएका छन् ।

मंगलबार सिंहदरबारमा निजी क्षेत्र र सरकारी निकायसँग गरिएको मुलुकको अर्थतन्त्र सुधारसम्बन्धी छलफलको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले लघुवित्तसहितका बैंक तथा वित्तीय संस्थाहरूको ऋण नतिर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने बताए ।

उनले व्यवसायी दुर्गा प्रसाईँप्रति संकेत गर्दै ऋण लिए जबरजस्ती ऋण नतिर्ने कुराले संविधान, ऐन, कानुन, मूल्य, मान्यता तोड्ने भएकाले पनि त्यसलाई राज्यले कुनै अर्थमा छुट दिन नसक्ने बताए ।

अर्थतन्त्रको शिथिलताका कारण कसैले सो ऋण तिर्न नसकेमा त्यसको सहजीकरणको काम नेपाल राष्ट्र बैंकले गर्ने निष्कर्ष पनि छलफलले सुझाएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077