Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कैलालीबाट बैंक खाता ह्याक गर्ने गिरोह पक्राउ

धनगढी । कैलालीमा बैंक खाता ह्याक गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंकनजिक कार्यालय नै सञ्चालन गरेर बैंक खाता ह्याक गर्ने टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले १० वटा ल्यापटप बरामद गरेको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि कैलाली प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077