Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्राफिक प्रहरीले भन्यो - आज उपत्यकामा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कनू

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकामा अत्यावश्यक काम बाहेक सडकमा सवारी साधन ननिकाल्न अनुरोध गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको हो ।

काठमाडौंमा आज मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा ९एमाले०को युवा संगठन राष्ट्रिय युवा संघले विरोध प्रदर्शनका छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । सोही कारण काठमाडौं उपत्यकामा सवारी आवगमनमा असहज हुन सक्ने सूचनामा उल्लेख छ ।

“...अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन हुन र सडकमा निस्कनुपूर्व १०० वा १०३ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कनु हुन अनुरोध छ,” सूचनामा उल्लेख छ ।

ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077