Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • इजरायलसँग चारदिने युद्धविराम सम्झौता, हमासले ५० बन्धक रिहा गर्नुपर्ने

    इजरायलसँग चारदिने युद्धविराम सम्झौता, हमासले ५० बन्धक रिहा गर्नुपर्ने

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 510
    SHARES

    एजेन्सी । इजरायल र हमासले बुधबार गाजामा युद्धविरामका निम्ति कतारको मध्यस्थता प्रस्तावमा सहमति गरेको पुष्टि गरेका छन् ।

    हमासले बन्धकलाई रिहा गर्ने सर्तमा इजरायली पक्ष प्यालेस्टाइनी बन्दीलाई रिहा गर्न र घेरामा परेको एन्क्लेभमा थप मानवीय सहायता प्रवेशको अनुमति दिन सहमत भएको इजरायली सरकारले एक विज्ञप्तिमा जनाएको छ ।



    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयबाट जारी विज्ञप्तिअनुसार त्यहाँका जेलबाट करिब १५० महिला र किशोर प्यालेस्टाइनी बन्दीलाई रिहा गर्नुपर्ने सम्झौता छ । सम्झौताअनुसार हमासले कम्तीमा ५० बन्धक रिहा गर्नुपर्ने बताइएको छ ।



    बन्धकलाई चार दिनको अवधिमा सानो समूहमा रिहा गरिनेछ । इजरायलले थप बालबालिकालाई मुक्त गर्न दबाब दिइरहेको छ । हमासद्वारा रिहा गरिने प्रत्येक थप १० बन्धकका निम्ति युद्धविराम अर्को एक दिन लम्ब्याइनेछ ।

    हमासले घेराबन्दीमा रहेको तटीय इलाकामा ४६ दिनको रक्तपातपूर्ण द्वन्द्वपछि कतारी–इजिप्टियन मध्यस्थतामा बुधबार इजरायलसँग चारदिने युद्धविराम सम्झौताको पुष्टि गरेको छ । सिन्ह्वा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार