Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • गाजाको शरणार्थी शिविरमा आक्रमण हुँदा १३ जनाको मृत्यु

    गाजाको शरणार्थी शिविरमा आक्रमण हुँदा १३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 258
    SHARES

    एजेन्सी । मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा भएको आक्रमणमा सात बालबालिका सहित १३ जनाको मृत्यु भएको छ ।

    आक्रमणमा २५जनाभन्दा बढी घाइते भएका हुन् । ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमण पछि धेरै मानिसहरु भुइँमा लडिरहेको देखाइएको छ ।



    यसै गरी धेरै मानिसहरू आतङ्कित भएर वरिपरि दौडिदै चिच्याइरहेका छन् र मृत शरीरहरू ब्यवस्थापन गर्न लागि रेहेका देखिन्छन् ।



    शिविरमा बस्ने ओवेदातल्लाहले आफ्नो शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउदै आक्रमण पछि भुइँमा फ्याँकिएको शव फेला पारको तथा मानिसहरू चिच्याइरहेका बताए ।

    अल–अक्सा शहीद अस्पतालबाट सिएनएनबाट खिचिएको फुटेजमा इमरजेन्सि कक्ष हताहत र घाइते व्यक्तिहरूलले भरिएको देखिन्छ । परिवारका सदस्यहरू आफ्ना प्रियजनको शव नजिक जम्मा भइरहेका थिए ।

    इजरायल र हमासबिच अक्टोबरमा युद्ध सुरु भएदेखि गाजामा दश हजार भन्दा बढी महिला मारिएका छन्। युद्धको छ महिनामा गाजामा दश हजार प्यालेस्टिनी महिलाहरू मारिएका मध्ये अनुमानित छ हजार आमाहरू मारिदा १९ हजार बालबालिका अनाथ भएका छन्।

    गाँजामा पछिल्लो समयमा प्रत्येक दश मिनेटमा एक जना बच्चा घाइते हुन्छ वा मृत्यु हुन्छ । यसै विच इजरायली रक्षा बलले गाजामा नागरिकहरूको क्षति कम गर्ने प्रयास गरिरहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार