Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बल्खुमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी

काठमाडौं । बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा बल्खु क्षेत्रमा भएको कार्यक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो।

एमालेको भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ र अनेरास्ववियुका केही कार्यकर्ता पनि बल्खु क्षेत्रमा पुगेका थिए।

युवा संघ र अनेरास्ववियुका कार्यकर्ता तथा प्रसाईंको कार्यक्रममा आएकाहरूबीच झडप हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाएको थियो।

त्यसबीचमा प्रदर्शनकारीहरू प्रहरीसँग जाइलागेपछि धकेलाधकेल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077