Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अनलाइन जुवा खेलाएको आरोपमा बागबजारबाट एक जना पक्राउ

    अनलाइन जुवा खेलाएको आरोपमा बागबजारबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 609
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अवैध हुण्डी संचालन गरेको तथा अनलाइन जुवा खेलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    सीआईबीले काठमाडौंको बागबजारबाट अवैध हुण्डी संचालन गरेको आरोपमा रुपेश श्रेष्ठलाई पक्राउ गरेको हो।



    बुधबार १ बजे श्रेष्ठको घरमा खाजतलास गर्दा उनको साथमा भेटिएको मोबाइलको जाँच गर्दा उनले अवैध हुण्डी संचालन गरेको तथा अनलाइन जुवा खेलाएको देखिएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।



    श्रेष्ठले अनलाइन मोबाइल एप्सहरूको प्रयोग गरी हुण्डी संचालन गर्नुका साथै अनलाइन जुवा, क्रिप्टो तथा अवैध रुपमा विदेशी विनिमय कारोबार गरेका थिए ।

    पक्राउ परेका आरोपीको घरबाट प्रहरीले ८९ लाख ६९ हजार नेपाली रुपैयाँका साथै ७ हजार २६ अमेरिकी डलरसमेत बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार