Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जित

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया भारतसँग पराजित भएको छ । भारतको डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा गएराति २०९ रनको लक्ष्य पछ्याएको भारतले एक बल बाँकी हुँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

२०९ रनको विशाल लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ८ विकेट गुमाएर रोमाञ्चक जीत हात पारेको हो ।

भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० रन बनाए । इसान किसनले ५८ रनको पाली खेल्दा रिंकु सिंहले २२ तथा यसस्वी जैसवालले २१ रन बनाए।

अस्ट्रेलियाका तनवीर सांगाले २ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले जोस इङ्लिसको शतकप्रेरित खेलमा घरेलु टोली भारतसामू २०८ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077