Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

वैदेशिक व्यापारमा संकुचन : दबाबमै अर्थतन्त्र

काठमाडौं । अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र लयमा फर्किएको दाबी गरिरहँदा आर्थिक सूचकले भने दबाब कायमै रहेको देखाएका छन्। अर्थतन्त्रका बाह्य सूचकमा सुधार भए पनि आयात, निर्यातसहित समग्र वैदेशिक व्यापारमा संकुचन आएको छ ।

चालु आर्थिक वर्षको चार महिनामा कुल वैदेशिक व्यापारमा २४ अर्ब ३९ करोड रूपैयाँले कमी आएको छ। त्यस्तै आयात करिब २० अर्ब रूपैयाँले घटेको छ। कतिपयले यसलाई मन्दीको संकेत पनि भनेका छन्।

विदेशी विनिमय सञ्चिति, रेमिटेन्स आगमनमा वृद्धि, शोधनान्तरमा सुधार, कर्जा प्रवाह बढेर सुधारको संकेत देखिए पनि वैदेशिक व्यापार घट्नु चिन्ताको विषय भएको आर्थिक क्षेत्रका जानकारले बताएका छन्।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना ९साउन९कात्तिक० को तथ्यांकअनुसार वैदेशिक व्यापारमा ४.१५ प्रतिशतले गिरावट आएको छ। गत आर्थिक वर्षको सोही अवधिमा पनि वैदेशिक व्यापार घटेको थियो।

चालु आवको पहिलो चार महिनामा आयातमा ३.७९ प्रतिशत र निर्यातमा ७.६८ प्रतिशतले कमी आएको छ। नेपालको अर्थतन्त्र आयातमा आधारित रहेकाले आयात घट्नु भनेको उपभोग घट्नु हो। उपभोग घट्नु चिन्ताको विषय भएको अर्थशास्त्री डा. अच्युत वाग्लेले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077