Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्स्पेक्टर भट्टराई दुई महिनादेखि वेपत्ता, सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं । गृह मन्त्रालयले आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) टंक भट्टराईलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

असोज १ गतेदेखि आफूखुशी गैरहाजिर रहेका प्रहरी अस्पतालमा कार्यरतमा कार्यरत इन्स्पेक्टर भट्टराईलाई सात दिनभित्र उपस्थित हुन गृहले सूचना प्रकाशन गर्दैे निर्देशन दिएको हो ।

उनी प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगंज दरबन्दी भएका प्राविधिक इन्स्पेक्टर हुन् ।

कार्यालयमा गैरहाजिर भएपछि खोजतलास गर्दा फेला नपरेपछि हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ । साथै भविष्यमा सरकारी सेवाको लागि योग्य नठहरिने गरी सेवाबाट हटाउने पनि चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077