Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आईजीपीलाई दुर्गा प्रसाईंको प्रश्न - अपराधीलाई पक्राउ नगरेर कसका बाख्रा चराउन जानुहुन्छ ?

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू नजरबन्दमा परे पनि आफ्नो विचार र नेताको असली अनुहार जनतालाई बताइसकेकाले केही फरक नपर्ने बताएका छन् ।

शुक्रबार तीनकुनेमा आन्दोलन गर्ने बताएपछि प्रहरी प्रशासनले प्रसाईंलाई उनको निजी निवास भक्तपुरमै नजरबन्द गरेपछि प्रसाईंले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

हिजो सैनिक हिरासतको कठोर यातना भोगेको बताउँदै आज पुलिसको यातना भोग्न पनि तयार रहेको बताए। प्रसाईंले नेपाल प्रहरी प्रमुख (आईजीपी) बसन्त कुँवरमाथि आक्रोश पोखे।

प्रसाईंले प्रश्न गर्दै भने, ‘महिला सुतेको ठाउँमा राति राति लगार्न जाने अनि दुर्व्यवहार गर्नेलाई आजसम्म पक्राउ गर्न सकेको छ प्रहरीले ? त्यस्ता बलात्कारी र अपराधीलाई नसमातेर कसका बाख्रा चराउन जानुभाछ आईजीसाप तपाईं?।’

गत मंसिर ५ गते राति भक्तपुरको पार्टी प्यालेसमा सुतेका महिलाहरूलाई लखेट्नलाई पक्राउ नगरेको भन्दै उनी आईजीपी कुँवरमाथि खनिएका हुन्। उनले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको प्रष्ट पारे ।

नागरिक बचाउ अभियानका नाममा प्रसाईंले अराजक शैलीमा भाषण गर्नेदेखि प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आएका छन्।

आज शुक्रबारसमेत प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए। तर उनलाई घरबाट बाहिर निस्कन नदिई नजरबन्दमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077