Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मानव अधिकार आयोगले भन्यो - घृणायुक्त अभिव्यक्ति बन्द गर्नू

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले घृणा फैलाउने अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ ।

बिहीबार काठमाडौंमा भएको प्रदर्शनका क्रममा एकअर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिएको पाइएपछि आयोगले शुक्रबार एक वक्तव्य जारी गर्दै यस्ता अभिव्यक्ति रोक्न आग्रह गरेको हो ।

आयोगले वक्तव्यमा भनेको छ, ‘घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवं मानवअधिकारको मूल्य-मान्यता विपरीत भएको आयोगको ठहर छ।’

आयोगले आफ्ना विमतिहरु राख्दा र विरोधका कार्यक्रम गर्दा संविधान र कानुनको परिधि भित्र रहन सबैलाई आग्रह गरेको छ।

“आफ्ना विमति र विरोधका कार्यक्रमहरू गर्दा संविधान, कानुन र मानव अधिकारका मूल्यमान्यता र परिधिभित्र रहन, कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन एवम् यस प्रकारका पोष्टर तथा श्रव्यदृश्य सामाग्रीहरू सामाजिक सञ्जालमा नराख्न, सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने प्रकारका कुनै पनि गतिविधि नगरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आयोग प्रदर्शनरत पक्षलाई आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077