Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • राजाले शासन गर्दा देश कंगाल भएको थियो, प्रजातन्त्र आए पश्चात् देशमा धेरै विकास भयो : गगन थापा

    राजाले शासन गर्दा देश कंगाल भएको थियो, प्रजातन्त्र आए पश्चात् देशमा धेरै विकास भयो : गगन थापा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 648
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले राजाले शासन गर्दा देश कङ्गाल बनाएको आरोप लगाएका छन् ।

    नेपाली काँग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजाले शासन गर्दा देश कङ्गाल बनाएको भन्दै जनतामा केही भ्रम, केही निराशा र आवेग रहेको बताएका हुन् ।



    राजाको पालामा भन्दा प्रजातन्त्र आए पश्चात् देशमा धेरै विकास भएको भन्दै अहिले कतिपय तत्त्वले उल्टो पाठ पढाईरहेको उनको भनाई छ । उनले जनतालाई दास बनाएर शासन गर्ने राजा अहिलेको आवश्यकता नभएको बताए ।



    राजाले दिएको यातना, उसले गरेको कुशासन, उसका गतिविधिबाट जनता आजित बनेर सडकमा ओर्लिएको स्मरण गर्दै महामन्त्री थापाले राजा आउने र ल्याउने बाटो अहिलेको आवश्यकता नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार