बझाङ । बझाङमा स्थानीयलाई पेस्तोल पड्काउन दिने नेपाल प्रहरीका असई पदबाट निलम्बित भएका छन् ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-३ पाटागाउँको अस्थायी प्रहरी पोष्टका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) पुस्कल चन्दले स्थानीयलाई आफ्नो पेस्तोल पड्काउन दिएपछि उनलाई शुक्रबार निलम्बन गरिएको हो ।
निलम्बित असई चन्दले गएको कात्तिक ६ गते छविसपाथिभेराका पुर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामिलाई रमाइलोको लागि भन्दै पेस्तोल पड्काउन दिएका थिए ।
हातहतियारको दुरुपयोग गरेको उक्त विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि असईलाई निलम्बन गरेर कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।