Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाले प्रदेश समिति र राष्ट्रिय समिति पुनर्गठन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आज प्रदेश समिति र राष्ट्रिय समिति पुनर्गठन गर्न लागेको छ।

गण्डकी प्रदेश समिति र पहिचानका आधारमा बनाइएका समितिमध्येको लिम्बुवान राष्ट्रिय समिति शनिबार पुनर्गठन गर्न लागेको हो ।

गण्डकी र लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन हुन लागेको जसपाले जानकारी दिएको छ।

पार्टीले सञ्चालन गरेको तिन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत् संगठन गठन, पुनर्गठन तथा रूपान्तरणको काम बाँकी रहेका प्रदेश समिति र राष्ट्रिय पुनर्गठन हुन लागेको जसपाले जनाएको छ ।

पोखरामा गण्डकी प्रदेशको पुनर्गठन हुनेछ। त्यस्तै, लिम्बुवान राष्ट्रिय समिति पाँचथरको फिदिममा पुनर्गठन हुनेछ।

गण्डकीमा प्रदेश इन्चार्ज शिवलाल थापा र लिम्बुवान राष्ट्रिय समिति पुनर्गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ जानेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077