Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनद्वारा प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण

एजेन्सी । चीनले प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको छ ।

चीनले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्राविधिक प्रयोगात्मक उपग्रह कक्षमा पठाएको हो ।

स्याटेलाइट इन्टरनेट टेक्नोलोजीका लागि प्रयोग गरिएको उपग्रह साँझ ६ बजे प्रक्षेपण गरिएको थियो। लङ मार्च–२ डी वाहक रकेटद्वारा र सफलतापूर्वक आफ्नो कक्षमा प्रवेश गरेको हो ।

यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ४९८ औं मिशन हो । यो लङ मार्च–२ डी क्यारियर रकेटको ८४ औं मिशन पनि हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077