Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गोविन्द केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन् : स्वास्थ्यमन्त्री बस्नेत

    गोविन्द केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन् : स्वास्थ्यमन्त्री बस्नेत

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 846
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप लगाएका छन् ।

    राष्ट्रिय ट्रमा सेन्टरले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन् ।



    स्वास्थ्यमन्त्री बस्नेतले केसीले बेलाबेलामा अनसन बस्नेकुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर उनले त्यसो गरिरहेको दाबी गरे ।



    स्वास्थ्यमन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराए । उनले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिए ।

    नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाहरुले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको मन्त्री बस्नेतको जिकिर थियो ।

    स्वास्थ्यमन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३ सयसम्म शैय्या भएका सरकारी अस्पतालहरुमा नर्स र पारामेडिक्स पढाउने र त्यो भन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने पस्ताव गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार