Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्वास्थ्यमन्त्री बस्नेतले भने – सरकारले क्यान्सर रोग न्यूनीकरणका लागि कुनै कसर बाँकी राख्दैन

    स्वास्थ्यमन्त्री बस्नेतले भने – सरकारले क्यान्सर रोग न्यूनीकरणका लागि कुनै कसर बाँकी राख्दैन

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 372
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्यूनीकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

    विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन्।



    स्वास्थ्यमन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मूलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।



    उनले क्यान्सर न्यूनीकरणका लागि आ–आफ्नो ठाउँबाट सकेको योगदान पुर्‍याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए । मन्त्री बस्नेतले क्यान्सर रोगविरुद्ध लडने आधार तत्काल पार्न पनि मातहतका निकायलाई सचेत गराए ।

    स्वास्थ्यमन्त्री बस्नेतले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाइ नहुने समेत स्पष्ट पारे। उनले क्यान्सर न्युनीकरणका लागि आ–आफ्नो ठाउँबाट सकेको योगदान पुर्याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए ।

    स्वास्थ्यमन्त्री बस्नेतले क्यान्सर रोगविरुद्ध लडने आधार तत्काल पार्न पनि मातहतका निकायलाई सचेत गराए । उनले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाई नहुने समेत स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार