Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गोविन्द केसीप्रति लक्षित गर्दै स्वास्थ्यमन्त्री बस्नेतले भने – कसैले सुत्छु भन्दैमा चिकित्सा शिक्षा ऐन संशोधन रोकिन्न

    गोविन्द केसीप्रति लक्षित गर्दै स्वास्थ्यमन्त्री बस्नेतले भने – कसैले सुत्छु भन्दैमा चिकित्सा शिक्षा ऐन संशोधन रोकिन्न

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 564
    SHARES

    चितवन। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही सुत्छु भन्दैमा सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रकृयाबाट पछि नहट्ने बताएका छन्।

    भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वास्थ्यमन्त्री बस्नेतले डा.गोविन्द केसीप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।



    स्वास्थ्यमन्त्री बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संशोधनको प्रकृयाबाट सरकार पछि नहट्ने बताए। चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालको मेडिकल शिक्षा धराशायी बन्दै गएको स्वास्थ्यमन्त्री बस्नेतको भनाइ छ ।



    केही दिनअघि पनि स्वास्थ्यमन्त्री बस्नेतलेले डा.केसी मेडिकल माफियाहरूद्वारा सञ्चालित भएको आरोप लगाएका थिए ।

    केसीले बेलाबेलामा अनसन बस्ने कुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराएका थिए ।

    चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको स्वास्थ्यमन्त्री बस्नेतको भनाइ छ ।

    चिकित्सा क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम भइरहेको बताउँदै उनले यसलाई थप गरेर अघि बढ्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार