Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वनको दिगो व्यवस्थापन र उत्पादनमुखी बनाउनु अहिलेको चुनौती : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वनको दिगो व्यवस्थापन र उत्पादनमुखी बनाउनु अहिलेको चुनौती रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल वन प्राविधिक संघको ४९औँ स्थापना दिवस तथा २९औँ साधारणसभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्ने बताए । पछिल्लो समय वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौती देखिएको भन्दै यसलाई रोक्न सबै गम्भीर हुनुपर्ने उनको भनाई छ ।

उनले जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा मिचाहा प्रवृतिको प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077