Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देशको विकासमा भ्रष्टाचार प्रमुख बाधक हो : चन्द्र भण्डारी

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पछिल्लो समय देशमा राजा, धर्म, संघीयता र प्रदेशका विषयमा आवाज उठिरहेको बताएका छन् ।

गुल्मी कांग्रेसको दोस्रो सम्मेलनमा सम्बोधन गर्न गृह जिल्ला आएका नेता भण्डारीले सो कुरा बताएका हुन् । उनले नेपाली राजनीतिमा ठूला दल र नेताले पार्टीको गुट छाडेर देशको विकास गर्नुपर्ने बताए ।

नेपाली जनताका समस्या समाधान गर्नुको साटो नेताहरू पार्टीको गुट उपगुट बनाउँदै हिँडेको आरोप लगाए ।

उनले मुलुकलाई लुट्ने छुट कसैलाई नभएको बताए । देशको विकासमा भ्रष्टाचार प्रमुख बाधक रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077