Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा एयरपोर्टबाट लागुऔषधसहित विदेशी नागरिक पक्राउ

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित विदेशी नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण व्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले नर्वेका ५६ वर्षीय रुने फ्लठालाई पक्रिएको हो ।

लागुऔषध बोकेर हिँडेको सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो ।

उनलाई प्रहरीले विमानस्थलको प्रस्थान कक्षबाट पोल्यान जस्तो देखिने पदार्थ १० ग्राम र गाँजाको धुलो ३५ ग्राम लागु औषधसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077