Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यी २६ प्रहरीलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नरहेका कर्मचारीलाई हाजिर हुन आउन अनुरोध गरेको छ ।

कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । गैरहाजिर हुनेमा प्रहरी हवल्दार, सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन् ।

प्रहरी हवल्दार २ जना, सहायक हवल्दार ४ जना, प्रहरी जवान १७ जना र प्रहरी कार्यालय सहयोगी ३ जना गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै अबको ७ दिनभित्र ण्बाटोको म्याद बाहेक) आफू गैरहाजरिर रहनुको कारण खोली जवाफसहित उपस्थित हुन भनेको छ। उपस्थित नभएमा उनीहरुलाई सेवाबाट बर्खास्त गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077