Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कल्भर्टमा मृत भेटिएका दुई जनाको अझै खुलेन पहिचान

चितवन । चितवनमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान अझै खुल्न सकेको छैन।

हत्या गरी फालिएको अवस्थामा भेटिएका दुई जनाको सनाखत हुन नसकेको हो ।

बुधबार दिउँसो पौने १ बजेतिर भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्ग सडकको कल्भर्ट मुनी दुई जनाको शव फेला परेको थियो।

कल्भर्ट मुनी दुई वटा बोराभित्र हात-खुट्टा बाँधिएको अवस्थामा पुरूष र महिलाको शव फेला परेको थियो ।

शवको पहिचानको लागि प्रहरीले शनिबार केही तस्बिरहरू सार्वजनिक गरेको छ।

प्रहरीले पहिचानको लागि ७७ वटै जिल्ला लगायत सीमावर्ती भारतीय जिल्लाहरूमा समेत हुलिया परिपत्र गरेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077