Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

विप्लवले भने - अहिलेको व्यवस्थामै खोट छ, रवि आए पनि देशको समस्या समाधान हुँदैन

रोल्पा । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले अहिलेको व्यवस्थामै त्रुटी रहेको बताएका छन् ।

रोल्पाको माडी गाउँपालिकाको घर्ती गाउँमा आइतवार आयोजित कार्यक्रममा बोल्दै विप्लवले यस्तो बताएका हुन् ।

व्यवस्थामै त्रुटी रहेकोले रवि लामिछाने सरकारको नेतृत्वमा आए पनि अहिलेको समस्या समाधान नहुने उनको भनाई छ ।

विप्लवले अहिलेकै व्यवस्थाबाट जनताको अवस्था परिवर्तन गर्ने भन्ने कुरा जनतालाई फेरि अँध्यारो सुरुङमा राख्न खोजेजस्तै हुने बताए ।

विप्लवले भने,‘व्यवस्थामै त्रुटी छ, शेरबहादुर देउवा, केपी शर्मा ओली या प्रचण्डलाई उछिट्याएर रविजी आएर समाधान हुँदैन । व्यवस्था ठीक छ, अवस्था परिवर्तन गर्ने कुरा फेरि जनतालाई अँध्यारोमा राख्ने काम हो ।’

अहिलेको शासन प्रणाली, न्यायप्रणाली, बैंकिङ प्रणाली कायम राखेर जनताको अपेक्षा सम्बोधन गर्न नसकिने उनले दाबी गरे।

विप्लवले हण्डर ठक्कर खाएर दुर्गा प्रसाईं राजतन्त्रको नारा लिएर सडकमा आए पनि त्यो एजेन्डा अब असान्दर्भिक भइसकेको बताए ।

देशमा सबैभन्दा खराब शक्ति माओवादी नै भएको भ्रम फिजाइएको भन्दै उनले त्यसको प्रतिवाद गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077