Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गाडी कब्जा गरेको आरोपमा धनगढीबाट मुनिर पक्राउ

धनगढी । कैलाली प्रहरीले गाडी कब्जा गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा धनगढीका शेख मुनिर अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।

अपराधिक पृष्ठभूमि भएका मुनिरलाई जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धीको मुद्दामा छलफल गर्न पुगेकाबेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मुनिरलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अपराधिक पृष्ठभूमि भएका मुनिरविरुद्ध प्रहरीमा ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर, अभद्र व्यवहारलगायतका मुद्दा पर्ने गरे पनि उनी अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको थिएन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077